रोट्रयाक्ट लुम्बिनी वाणिज्य क्याम्पसको ९ औँ पदस्थापन - श्रावण ३, २०७७
- RTR. KHIMANANDA PAUDEL

- Jul 20, 2020
- 1 min read
रोट्रयाक्ट क्लव अफ लुम्बिनी वाणिज्य क्याम्पसको ९ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार दिउँसो बुटवलमा भएको पदस्थापन कार्यक्रममा रोट्रयाक्ट बर्ष २०१९/२० का अध्यक्ष इश्वरी प्रसाद बन्जाडेले २०२०/०२१ का अध्यक्ष खिमानन्द पौडेललाई पद हस्तान्तरण गर्नुभएको हो ।
अध्यक्ष इश्वरीे प्रसाद बन्जाडेले रोट्रयाक्ट अध्यक्षको कलर, क्लबको चार्टर सर्टिफिकेट तथा ग्यावल अध्यक्ष पौडेललाई हस्तान्तरण गर्नुभयो । पौडेललाई क्लवका पुर्व अध्यक्ष साबि बिकले सपथ ग्रहण गराउनुभयो । त्यस्तै रोट्रयाक्टका बोर्ड पदाधिकारी र नयाँ सदस्यहरुलाई खिमानन्द पौडेलले सपथ गराउनुभयो ।
सो अवसरमा प्रमुख अतिथि लुम्बिनी वाणिज्य क्याम्पस प्रमुख प्रो डा. तारा प्रसाद उपाध्यायले नवनिर्वाचित समितिलाई बधाए तथा शुभकामना दिदै समाजमा उदाहरणीय कामहरु गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा विशिष्ठ अतिथि जोन १२ का जोनल रोट्रयाक्ट रेप्रिजेन्टेटिभ ( जेडआरआर ) धनञ्जय बर्णवाल, रोटरीएन प्रकाश पन्थी, पुर्व अध्यक्षद्धय साबि बिक, दिनेश ज्ञवाली, बर्दर क्लव क्षितिज इन्टरनेशनल कलेजका अध्यक्ष राम चौधरी, रोट्रयाक्ट लुम्बिनी स्टार्सका अध्यक्ष बिमल ढकाल लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष पौडेलले सामाजिक कामहरु सँगै अन्य व्यक्तित्व विकास लगायतका कामहरु गर्ने बताउनुभयो । २०१९/२० का अध्यक्ष बन्जाडेले प्रशंसा पत्र, मायाको चिनो प्रदान गर्नुका साथै सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रम क्लवका ईलेक्ट प्रेसिडेन्ट बरुण ज्ञवालीको स्वागत, २०२०/०२१ का सचिव दिपक बस्यालको संचालन तथा जमुना भुसालको धन्यवाद ज्ञापनमा सम्पन्न भएको हो
Sourse: Radio Malmala














Comments